११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पछिल्लो २४ घण्टामा तीन सय ९३ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा तल झरेको थियो । तर आज सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनासहित अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार नौ सय ३७ पुगेको छ । यस्तै थप तीन जनासहित सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय एक पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । थप तीन लाख १६ हजार जनासहित अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८ मंगलबार ००:००  ४ : ५४ बजे