७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपालमा दैनिक कोरोना संक्रमितको संख्यामा बृद्धि, थप ४३५ जनामा संक्रमण



काठमाण्डौ

पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६७१५ र एन्टिजेन विधिबाट ३५५२ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । अघिल्लो साताका आधारमा यो साता ०।९ प्रतिशतले संक्रमण दर बढेको छ ।

यस्तै, आज थप २३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार १७६ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।पछिल्लो २४ घण्टामा संक्रमणबाट थप कसैको मृत्यु भएको जानकारी छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०१ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८ बुधबार ००:००  ५ : ३० बजे