१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय



काठमाडौं ।
सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार-सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो ।

रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ । भारतसँग जीटुटीमार्फत मल खरिद गर्न विगत तीन वर्षदेखि पहल भइरहेको थियो । मल अभाव हुँदा किसानले हरेक वर्ष सास्ती खेप्दै आएका छन् ।

यसपालि धानका लागि मल अभाव नभए पनि गहुँ तथा आलुबालीमा आवश्यक पर्ने मल अभाव छ ।

प्रकाशित मिति : २२ पुस २०७८ बिहिबार ००:००  ८ : ५३ बजे