१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि



काठमाडौं ।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८ शुक्रबार ००:००  १ : ३० बजे