१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय सात पुगेको छ ।यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८ मंगलबार ००:००  ४ : ४६ बजे