१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रेस चौतारी कपिलवस्तुको अधिवेशन भोलि, अध्यक्षमा ३ जनाको दाबी



कपिलवस्तु ।

प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाको अध्यक्षमा ३ जना आकांक्षी देखिएका छन् । यहि पुष २९ गते हुन गईरहेको ७ औँ अधिवेशनमा अध्यक्ष पदमा पत्रकार जानु पाण्डे, बाबुराम रायमाझी र कुलराज भुसाल आकांक्षी देखिएका हुन् ।

पाण्डे प्रेस चौतारीका जिल्ला उपाध्यक्ष हुन् भने नेपाल पत्रकार महासंघ कपिलवस्तुको बर्तमान सचिव छन् । वि.स. २०५७ साल देखि पत्रकारिता सुरु गरेका पाण्डे गोरखापत्रमा कार्यरत छन् ।

रायमाझी प्रेस चौतारी जिल्ला सचिव हुन् भने नेपाल पत्रकार महासंघ कपिलवस्तुको पुर्व कार्य समिति सदस्य हुन् । अहिले बुटवल टुडे र मायादेवी मिडियामा कार्यरत छन् । उनले वि.स. २०६० सालदेखि पत्रकारीता सुरु गरेको बताए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी भुसाल प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य छन् भने बुद्ध आवाज साप्ताहिक पत्रिकाको सम्पादको रुपमा कार्यरत छन् । २०६० सालबाट पत्रकारीता सुरु गरेका भुसालले पार्टीको जिल्ला प्रचार विभागको सदस्य भई काम गरेका थिए ।

चौतारीलाई संगठनिक रुपमा मजबुत बनाई चौतारीमा आवद्ध पत्रकारहरुको क्षमता विकास गरि पार्टी र देशको विकासमा अहम भूमिका खेल्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको तीनै जना आकांक्षीले बताएका छन् । बिहान ९ बजे चन्द्रौटामा हुन गईरहेको ७ औँ अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष हरि अधिकारीले बताए ।

प्रकाशित मिति : २८ पुस २०७८ बुधबार ००:००  ५ : ४९ बजे