१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिकन्दर ७ वर्षपछि कपिलवस्तु प्रहरीद्धारा पक्राऊ, पत्नीको हत्या गरी आगो लगाएर फरार थिए




कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला स्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता ९डिएसपी० धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।

कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए । फागुन ३० मा राति उनि पत्नीलाई साथमा लिएर ससुराली आएका थिए ।

सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्निलाई गाउँको दक्षिण पश्चिम स्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि आगो लगाएर उनि भारत भागेका थिए ।

‘हत्यापछि जलाएर आरोपी भागेका थिए’ डिएसपी धर्मराज भण्डारी भन्छन्–‘घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो ।’मुलायम र किस्लावती चमारको विवाह भएको दुई वर्ष भएको थियो । मृतकका बुवा सुखरामका अनुसार मुलायम विवाहेत्तर सम्बन्धमा थिए । सो सम्बन्धका कारण उनले आफ्नी छोरीको हत्या गरेको सुखरामले प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७८ बुधबार ००:००  ६ : ४० बजे