७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघको १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिएका छन् । विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  २ : ५२ बजे