७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगा २ ले बाढ्यो जनता मावि पिपराका विद्यार्थीलाई न्यानो स्विटर



मायादेवी अनलाइन, जीतपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ ले लक्षित बर्गको कार्यक्रम अन्तर्गत बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको छ ।

जसअन्तर्गत आज बिहिवार जनता मा।बि पिपरामा बालबिकास देखि कक्षा ५ सम्म अध्ययनरत ५६० जना बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको हो । यसअघि पनि वडाले ४०० भन्दा बढी बिध्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।वडा भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा, गर्भवती महिलाहरुलाई पोाषणयुक्त आहार वितरण गरेको वडाले यसपटक भने बिध्यार्थीहरुलाई लक्षित गर्दै न्यानो स्विटर बितरण गरिएको वडा अध्यक्ष बिष्णु पौडेलले बताउनु भयो ।

कार्यक्रम बिध्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षता, वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु पौडेलको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जि।सी को बिशिष्ट आतिथ्यता, बिध्यालयका प्रधानाध्यापक रमेश पन्थी,वडा सचिव नरेन्द्र पोख्रेल, बिध्यालयका शिक्षक शिक्षिका लगाएतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक उज्वल अधिकारीको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  ३ : ५६ बजे