१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लायन्सका जन्मदाताको वर्थ डेः कपिलवस्तुमा मृर्गौला पीडितलाई सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

दुवै मृर्गौला पीडित विद्यार्थीलाई आर्थिक सहयोग हस्तान्तरण गरेर कपिलवस्तुमा लायन्स क्लवका जन्मदाताको जन्मदिन मनाइएको छ । लायन्स क्लव अफ कपिलवस्तुले मेल्भिन जान्सको १४३ औँ जन्मदिनको अवसर पारेर विहिबार बाणगंगा १ वैरियामा रहेको सचिवालयमा कार्यक्रम गरी पिपराकी दुवै मिर्गौला पीडित सुरक्षा पौडेललाई नगद १० हजार बढी रुपैयाँ प्रदान गरेर जन्म दिन मनाएको हो ।

प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल र वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले सुरक्षाका भाइ आशिष पौडेललाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम संयोजक महेन्द्र भुसालले रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग दिएपछि वडाध्यक्षद्धयले क्लवको प्रसंसा गर्नुभयो ।

आफ्नो खाजा र अन्य खर्च कटाएर सुरक्षाका लागि दिइएको १० हजार १० लाख बराबरको सहयोग भएको नगर प्रवक्ता समेत रहनु भएका पौडेलले बताउनु भयो । सुरक्षाको परिवारको स्थित नाजुक भएकाले सबैलार्ई सहयोग गर्न उहाँको आग्रह छ ।

लायन्सका जोन चेयर पर्सन सुरेन्द्र घिमिरेले क्लवले गर्ने सामाजिक र मानवीय कार्य अन्तर्गत मेल्भिक जोन्सको जन्मदिनमा आर्थिक सहयोग गरिएको बताउनु भयो ।

क्लवका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, सचिव सागर घिमिरेको संचालन र प्रथम उपाध्यक्ष केशव सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच लायन्स जन्मदाताको जन्मदिनमा केक पनि काटिएको थियो । केक काटेर क्लवमा रहेका पदाधिकारी तथा सदस्यले खुसी मनाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८ बिहिबार ००:००  ८ : ११ बजे