८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक,स्थानीय तह निर्वाचनका विषयमा छलफल



काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।

सर्वदलीय बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जानकारी दिए ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  ७ : ५० बजे