८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो



काठमाण्डौ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  ५ : ०७ बजे