१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा गौतम



नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको सम्पन्न जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । वाणगंगा नगरपालिका १ स्थित पिस हिमालयमा सम्पन्न संगठनको १० औं अधिवेशनले प्रकाश गौतमलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा अनिता क्षेत्री, जनकराज जोशि, सचिवमा प्रकाश पोख्रेल, सह सचिबमा लाल बहादुर थापा र कोषाध्यक्षमा बिष्णु प्रसाद आचार्य निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरुमा रहेको संगठनले जनाएको छ ।

यसैगरी अधिवेशनले केन्द्रिय प्रतिनिधिमा केशव राज भट्टराई, कमला पौडेललाई चयन गरेको छ । अधिवेशनले गौतमको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको छ भने ६ जना पछि मनोनित गरिने बताइएको छ। निर्वाचन मण्डल संयोजक संगठनका केन्द्रिय सदस्य खिम बहादुर जिसीले नयाँ नेतृत्वलाई बधाई दिदै कर्मचारीको पेशागत सुरक्षा र हक अधिकारका लागि संगठनले सदैव नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष भएसंगै गौतमले संघ प्रदेश र स्थनीय तहमा समायोजन भएका सम्पुर्ण निजामती कर्मचारीहरुको मनोवल नखस्किने गरि ऐन आउनुपर्ने माग राखे । गौतमले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै संगठनलाई बलियो र मजबुत बनाउने संकल्पका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७८ आइतबार ००:००  १० : ०६ बजे