१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘मधेश प्रदेश’ घोषणाको खुसीयालीमा आज सार्वजनिक बिदा



जनकपुर ।
आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।

प्रदेश–१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  ७ : ४९ बजे