१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा संरक्षमा २ करोड लगानी हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।

प्राचिन क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा आसपासको क्षेत्रलाई संरक्षण गरिने भएको छ । लामो समयसम्म अतिक्रमणको चपेटामा परेकोे गोटिहवा स्थित अशोक स्तम्भ आसपासको क्षेत्रलाई संरक्षण गर्न लुम्बिनी विकास कोषले २ करोड लगानी गर्न लागेको हो ।

क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाण स्वरुप ऐतिहासिक पुरातात्विक महत्व बोकेको अशोक स्तम्भ रहेको कपिलवस्तुस्थित गोटीहवा आसपासको झन्डै तिन विघा क्षेत्रफललाई संरक्षण गर्न लागिएको कोषका अधिकारी बताउँछन् ।

विगतमा यस क्षेत्रमा उत्खनन् गरिएका अवशेषहरुबाट ईसापुर्व आठौं शताब्दी देखीका मानव बसोवासका प्रमाण भेटिएकाले समेत यसको महत्व रहेकाले संरक्षण हुनुपर्ने स्थानीय बताउँछन् ।

करिब ११ फुट लामो अशोक स्तम्भको ऐतिहासिक महत्व रहेकाले लुम्बिनी विकास कोषको २ करोड लगानीमा संरक्षण गर्न लागीएको गोटीहवासँगै कपिलवस्तुमा रहेका अन्य स्थानका बुद्धकालीन सम्पदाको क्रमश, संरक्षण गदैं जाने योजना समेत रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  १२ : ५४ बजे