१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुका किसान सस्तोमा उखु बेच्न बाध्य



कपिलवस्तु ।

कपिलवस्तुको जवाभारी स्थीत महालक्ष्मी सुगर्स मिल बन्द भएपछि विगत बर्षदेखी किसानले सस्तो मुल्यमा भेली उद्योगमा उखु विक्रि गर्न बाध्य छन् ।

जिल्लाको पश्चिम दक्षिणका अधिकाँश किसानको वर्षभरीको जिविका चलाउने माध्यम उखु भएकाले रकम अभावमा कपिलवस्तुका उखु किसानले अहिले प्रतिक्वीन्टल ३ सय रुपैयाँ सस्तो मुल्यमा भेली बनाउने क्रेशरमा उखु विक्रि गर्न बाध्य छन् ।

महालक्ष्मी सुगर्स मिललाइ आवश्यक कच्चा पदार्थ अभावमा मिल सर्लाही लगेपनि कतिपय किसानले विगतको रकम समेत नपाएको गुनासो छ ।
विगतका वर्षमा झन्डै ५ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरेका कपिलवस्तुका किसानले उखुको उचित मुल्य पाउन छाडेपछि ४५ सय हेक्टर हाराहारीमा झरेको कृषिका अधिकारी बताउँछन् ।
महालक्ष्मी सुगर्स मिल बन्द भएपछि बल्लतल्ल उखुको मुल्य पाउने किसान पनि समस्यामा परेका छन् । कपिलवस्तुका किसानले सस्तो मुल्यमा उखु क्रेशरमा विक्रि गर्न बाध्य भएकाले उद्योगीलाई नयाँ चिनिमिल स्थापना गरि सन्चालन गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  ५ : २३ बजे