६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेपालमा थप ३ हजार ५ सय ४० संक्रमित थपिए



काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५४० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १३ हजार १४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५४० जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, विगत चार दिनको अवधिमा देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका छन्। देशका विभिन्‍न जिल्लामा भएको संक्रमितहरूको मृत्युको चार दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ।

आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छ। हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ४ : ४२ बजे