२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

कपिलवस्तुका हिमलाल वाग्ले लागे पुर्नगठित राष्ट्रिय जनमोर्चामा



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तु नेकपा (मसाल) का नेता हिमलाल वाग्ले पुर्नगठित राष्ट्रिय जनमोर्चा तर्फ लाग्नुभएको छ ।

शनिबार भएको एक भेलाबाट राष्ट्रिय जनमोर्चामा फुट देखा परेको छ । लामो समय देखि आन्तरिक रुपमा समानान्तर अभ्यास गर्दै आएको यो समूहले शनिबार छुट्टै केन्द्रिय समन्वय समिति गठन गरेको हो ।

कृष्ण पौडेल अध्यक्ष रहेको यो राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिमा वाग्ले पर्नुभएको हो । वाग्ले राष्ट्रिय जनमोर्चाका बैचारिक नेतामा पर्नुहुन्छ ।

पार्टी भित्र नेकपा (मसाल) को समानान्तर संयोजक रहेका सन्त बहादुर नेपाली पक्षधर रहनुभएका वाग्ले केन्द्रीय सदस्यमा परेसंगै कपिलवस्तुका अर्का नेता कमल खड्का पनि यही समूहको केन्द्रीय सदस्यको लिष्टमा हुनुहुन्छ ।

लामो समय देखि टुटफुटको श्रृङ्खला व्यहोर्दै आएको राष्ट्रिय जनमोर्चा फेरि विभाजन भएको हो ।

यो पनि…

हिमलाल वाग्लेले वक्तव्य निकाल्दै भने, ‘म राष्ट्रिय जनमोर्चा मै छु’

प्रकाशित मिति : १६ माघ २०७८ आइतबार ००:००  ७ : ०७ बजे