१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खोपको विवरण उपलब्ध गराउन माघ २१ गतेसम्मको ‘डेडलाइन’



काठमाण्डौ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो ।

सूचनामा स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  ४ : २५ बजे