१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोना निको भएपछि पनि खानपानमा यी ५ सावधानी अपनाउनुस्



एजेन्सी ।
कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि कतिपय व्यक्तिको शरीर कमजोर हुने गर्छ । संक्रमित व्यक्तिले पुरानै स्वस्थ अवस्थामा फर्किन कति समय लाग्ने हो कुनै यकिन हुँदैन ।

यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिने गरेका छन् ।

एक अध्ययनअनुसार कोभिड निको भइसकेपछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ ।

पहिलो– घरबाहिर होटल, रेस्टुरेन्टको खाना पूरै बर्जित गर्नुपर्छ । बाहिरको खाना कति बासी हो, के–के मिसाइएको हो, कस्तो तेल प्रयोग गरिएको हो ? यकिन नहुने भएकाले घरमै खाना बनाएर खानु स्वस्थकर हुन्छ ।

दोस्रो– कुकिज, केक, चकलेट, जुस जस्ता पदार्थ खानु स्वास्थ्यका लागि हितकर हुँदैन । यस्ता खानेकुराबाट संक्रमित निको भएका व्यक्ति समेत टाढै बस्नुपर्छ ।

तेस्रो– प्याकेटमा प्याकिङ गरिएका खाद्य पदार्थ समेत खानु हुँदैन । प्याकिङ गरिएका खाद्य पदार्थ बासी हुनसक्ने भएकाले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।

चौथो– विभिन्न कम्पनीले आकर्षक विज्ञापनसहित बनाएका खाद्य पदार्थभन्दा घरकै खाना खानु उपयुक्त हुन्छ ।

पाँचौं – कोभिडले पाचन प्रक्रियामा समेत असर गरेकाले हल्का खाद्य पदार्थ खाने र ताजा खाना खाने गर्नुपर्छ ।

प्रकाशित मिति : १८ माघ २०७८ मंगलबार ००:००  ८ : ३० बजे