२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बर्दियामा १३ वर्षीया किशोरीले जन्माइन् छोरी



बुटवल ।

बर्दियामा एक जना ४१ वर्षीय पुरुषको बलात्कारबाट १३ वर्षीया बालिका हालै सन्तानकी आमा बनेकी छन् । प्रहरीका अनुसार जिल्लाको ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ मनिराम थारुको बलात्कारबाट ती १३ बर्षीया बलिका माघ १६ गते सन्तान ९छोरी०की आमा बनेकी हुन् ।

निज चौधरीले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको र यहि माघ १६ गते उनले एक छोरीको समेत जन्म दिए पछि बलात्कार घटना खुल्न आएको त्यहाँका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उक्त दिन ती किशोरीले छोरी जन्माएको र निज चौथरीले गर्भधारण गराएको खबर पाउन साथ निजलाई पक्राउ गरि निज उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख कार्कीले बताए

प्रकाशित मिति : १९ माघ २०७८ बुधबार ००:००  १ : ४५ बजे