१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७९४पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८ शुक्रबार ००:००  ३ : ५८ बजे