१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

थप १ हजार ७१४ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं ।
देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र १ करोड ७७ लाख ४० हजार ८३५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २२ माघ २०७८ शनिबार ००:००  ५ : ३५ बजे