१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काठमाण्डौ महानगरमा आजदेखि विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ । खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीकाअनुसार तोकिएको मितिमा शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्नेछ । खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८ सोमबार ००:००  ७ : ५६ बजे