८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ। बिहीवारका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए। बुधवार सभापति देउवासहितको बैठक बस्न लागेको सहमहामन्त्री पाण्डेले बताए। मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।

बिहीवार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २६ माघ २०७८ बुधबार ००:००  ८ : १५ बजे