८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पोखराबाट कञ्चनपुर जाने क्रममा कपिलवस्तुको जग्दिसपुरबाट एक पुरुष बेपत्ता



अनिश बन्जाडे , कपिलवस्तु ।

कपिलवस्तुको जग्दिसपुरबाट एक ४५ बर्षीय पुरुष बेपत्ता भएका छन् । माघ २० गते राति पोखराबाट कञ्चनपुर हिडेका भान सिंह कडायत माघ २१ गते कपिलवस्तुको जग्दिसपुर सम्म आउँदा सम्पर्कमा रहेको त्यसपश्चात् सम्पर्कबिहिन भएको बेपत्ता पुरुषका जेठा छोरा रमेश कडायतले मायादेबी अनलाइनलाई बताए ।

गहुँ गोरो बर्णका भएका भान सिंह कडायतले रातो टिसर्ट,कालो पाईन्ट, खैरो रङ्को जुता,सेतो क्याप र खरानी रङ्को ज्याकेट लगाएको पारिवारिक स्रोतले बताएको छ । उनको अन्दाजी उचाई ५ .५ फिट रहेको र केही समय पहिला उनको मानसिक सन्तुलन कम रहेको तर पछि सुधार भएको बताईएको छ ।

कडायत हराएको दिनदेखीनै खोजीका लागी पुलिष प्रशासन र मिडीयामार्फत सुचना सम्प्रेषण गर्दा पनी आजसम्म फेला नपरेको र फेला पार्नुहुने महानुभाबले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरि सहयोग गर्नका लागी परिवारिक स्रोतले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८ बिहिबार ००:००  ३ : ०९ बजे