१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

कोरोना सङ्क्रमणबाट एकै दिन १४ जनाको ज्यान गयो,२ हजार बढी निको



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो कुल परीक्षण गरिएका नमुनाको पाँच दशमलव ३७ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । अहिले नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ८१ लाख १९ हजार र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ६१ लाख ५९ हजार जना पुगेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८ शुक्रबार ००:००  ४ : २८ बजे