३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन। मंगलबार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई, सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

यस्तै नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष गुरु चरण सिंह बन्टि माओवादी वडा कमिटी सदस्य हिम्मत सिंह, आत्माजित सिंह, राम चन्द्र जैसवाल, नेपाली काङ्ग्रेस क्षेत्र नं. २ क्षेत्रीय प्रतिनिधि कृष्ण खनाल समेत नेकपा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८ मंगलबार ००:००  ३ : १७ बजे