६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बालबालिकाका लागि लाभकारी पाँच फल



एजेन्सी ।
बालबालिकाको पाचन प्रक्रियालाई दुरुस्त राख्न उनीहरूलाई फाइबरयुक्त फल खान दिनुपर्छ । केरा, स्याउ, अम्बालगायत फलले बच्चाहरूलाई पाचनसम्बन्धी विभिन्न समस्याबाट बचाउँछ। स्वस्थ पाचन प्रक्रियाका लागि बालबालिकालाई यी पाँच फल दिनुपर्छः

केरा
केरामा भरपुर मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । केरा खाँदा कब्जियत हुँदैन । अपचको समस्याबाट बच्चालाई टाढा राख्न केरा खान दिनुपर्छ ।

स्याउ
बिहान स्याउ खानु बालबालिकाको स्वास्थ्यका लागि निकै लाभकारी छ। स्याउमा पाइने तत्वले पेटसम्बन्धी समस्या हटाउँछ । बिहानै खाएको एउटा स्याउले पनि बच्चालाई दिनभरि ऊर्जा दिन्छ।

अम्बा
पेटसम्बन्धी समस्याका लागि अम्बा गुणकारी फल हो। यसमा पाइने फाइबरले पेटसँगै छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा दिलाउँछ ।

मेवा
बालबालिकाको पाचन प्रक्रियाका लागि मेवा लाभदायी फल हो। यसले अपच, कब्जजस्ता समस्या हुन दिँदैन।

एभोकाडो
एभोकाडोमा फाइबर र एन्टी–ब्याक्टेरियल गुण पाइन्छन्। जसले बच्चाहरूमा देखिने विभिन्न पेटसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छन् ।

–अनली माई हेल्थ डटकम

प्रकाशित मिति : १० फाल्गुन २०७८ मंगलबार ००:००  ६ : ०३ बजे