२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संसद् बैठकअघि सत्तारुढ दलका शीर्ष नेताहरुबीच भेटवार्ता



काठमाण्डौ ।

प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक घण्टा बालुवाटारमा छलफल भएको हो । त्यसअघि प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको भेट भएको थियो ।

सिंहदरबारमा नेपाल र खनालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो । भेटमा एमसीसीको विषयमा कुराकानी भएको छ ।

सत्तारुढ माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् भने कांग्रेसले एमसीसी पास गर्नुपर्ने बताउँदै आएको छ । एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्री देउवाले निरन्तर छलफल गर्दै आउनुभएको छ । प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १ बजे बस्दैछ ।

बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८ बिहिबार ००:००  १२ : ३३ बजे