४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमालेले घरबिहिनलाई घर दिन्छः भट्टराई



बिमल गैरे, रुपन्देही ।

नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले घरविहिनलाई नेकपा एमालेले घर दिने बताउनुभएको छ । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको प्रथम नगर अधिवेशनलाइ सम्वोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो ।

राष्ट्रिय सभा सदस्य समेत रहनु भएका भट्टराईले सुकुम्वासीको हातमा परिसकेको लालपुर्जा समेत वर्तमान गठबन्धन सरकारले खोसेको आरोप लगाउनुभयो । “सुकुम्वासीको हातमा परिसकेको लाजपुर्जा समेत खोसियो भट्टराईले भन्नुभयो अव आउने निर्वाचनमा फेरी नेकपा एमाले दुई तिहाइ मत सहित पहिलो पार्टी बन्छ र सबै सुुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्छ ।”

एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहनुभएका भट्टराईले नेकपा एमालेलाई हराउने तागत कसैसंग नभएको जिकिर गर्नुभयो । भट्टराईले भन्नुभयो, ‘मुसाहरु जति धेरै संगठित भएपनि जब विरालो आइपुग्छ अनि मुसाहरुको भागाभाग हुन्छ, स्यालहरु जति धेरै संगठीत भएपनि जब सिंंह आउछ स्यालहरुको भागाभाग हून्छ । जति गठवन्धन गरेपनि अव यो क्षेत्रमा क्रान्ती हुने छ ।’ रुपन्देही नेकपा एमालेमय बन्दै गएको र एमालेको लाल किल्ला हुने दाबी गर्नुभयो ।

पाँच भाई एक्लाएक्लै आउने दम नरहेको भन्दै सवै मिलेर आएपनि नेकपा एमालेले दुइ तिहाइ मत लिएर देखाउने बताउनुभयो । सवै मिलेर आएपनि नेकपा एमाले एक्लै फाइट गर्न तयार भएको भन्दै अव देशलाई एमालेमय बनाउने तर्फ सवै युवाहरु लाग्नु पर्ने बताउनुभयो । जनता अरु पार्टीमा अलमलिन नहुने भन्दै परिवर्तनका लागि देशमा सामाजिक क्रान्ति, आर्थिक क्रान्तीका आवश्यक पर्ने र त्यो क्रान्ती एमालेले मात्र सफल पार्न सक्ने उहाको दाबी छ । नेकपा एमालेको विकल्प अरु नभएको भन्दै जनतालाई एमालेमा आउन समेत आह्वान गर्नुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८ आइतबार ००:००  ८ : ५२ बजे