९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

आज महाशिवरात्री : कपिलवस्तु सहित देशैभरका शिवालयमा भक्तजनको भीड



मायादेवी अनलाइन, कपिलवस्तु ।

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि कपिलवस्तु सहित देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहानैदेखि शिवको दर्शन र पूजा–आजाको लागि विभिन्न शिव मन्दिरमा भीड लागेको हो । बिहानैदेखि भक्तजन आज शिव मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।

यसै अवसरमा कपिलवस्तुका प्रमुख धार्मिक स्थल लक्ष्मणघाट, तौलेश्वरनाथ, शिवगढी लताएत स्थानिय शिव मन्दिरहरुमा मन्दिरहरुमा पनि शिवको पुजा आरधानाका लागी भीड लागेको छ । यस्तै रुपन्देहीको सैनामैना स्थित स्वयम् उत्पत्तिमान पर्रोहा पर्मेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवल–१२ स्थित मुक्तिधाम , तिनाउ गाउँपालिका वार्ड नं।३, पाल्पा स्थित सिद्धबाबा मन्दिर लगाएतका शिवालयहरुमा भिड लागेको छ ।

मंगलबार परेको शिवरात्रीको अवसरमा सोमबार रातिदेखिनै पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धबाबा धाममा श्रद्धालु भक्तजनको भिड लागेको धामका प्रचार प्रसार उप समितिका संयोजक तोया लम्सालले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८ मंगलबार ००:००  ७ : २० बजे