९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि भ्रम छर्नु हो : शंकर पोखरेल



कैलाली ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग एमसीसीबारेको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएको छ । प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेको बताउनुभएको हो ।

‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना सृजना गरिएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो संविधान र कानुनले त्यो व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पोखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  ४ : ०५ बजे