९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

‘ओएसिस सिनेमाज’ कपिलवस्तुमा रुपन्देही र अर्घाखाँचीसम्मका दर्शक



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित चार नम्बरमा भर्खरै संचालनमा आएको ओयसिस सिनेमाजमा बिभिन्न जिल्लाबाट दर्शक आउन थालेका छन् । शिवरात्रीको दिन औपचारिक उद्घाटन भएको सिनेमाजमा कपिलवस्तुका साथै रुपन्देही र अर्घाखाँचीसम्मका दर्शक आएर हेर्न थालेका हुन् ।

संचालक नविन भण्डारीका अनुसार रुपन्देहीको रुद्रपुर, पिप्रिचापा, हरैया, सालझण्डी, मुर्गिया, बाँसगढी र अर्घाखाँचीका शितगंगा, सन्धिखर्क, सिमलपानी, पावरावीक्रम लगायतका स्थानबाट चलचित्र हेर्न दर्शक आएका छन् ।

उहाँले भन्नुभयो ‘बुटवलबाट पश्चिम दाङसम्म सुविधासम्पन्न सिनेमा हल छैनन् । त्यसैले गर्दा पनि हुन सक्छ चलचित्रका पारखीहरु आफू अनुकुल समयमा आएर चलचित्र हेरिरहनु भएको छ । यसले हामी संचालकलाई सुरुवाती उत्साह थपेको छ ।’
उहाँले थप्नुभयो ‘यहाँ सुविधा सम्पन्न चलचित्र हल नभएर धेरै जनाले बाहिर गई दुख पाउनु भएको रहेछ । हामीले हल संचालनमा ल्याएर ठिक गरेछौँ भन्ने लागिरहेको छ ।’

अर्का संचालक संजय पाण्डेले चलचित्र प्रदर्शनको छोटो समयमा कपिलवस्तुका थुप्रै चलचित्रप्रमीहरुले चलचित्र हेरेको बताउँदै यहाँ चलचित्र प्रेमीहरु रहेको पुष्टि भएको बताउनु भयो ।

म यस्तो गीत गाउँछु टु र साउथ इण्डियन मुभी भेलेमाई प्रदर्शन भएको दुई हप्ता भयो । शुक्रबारबाट फेरि लप्पन छप्पन टु प्रदर्शन भइरहेको छ, अर्का संचालक रामु तामाङले भन्नुभयो ‘अहिले पनि टिकट बुकिङ भइरहेको छ । हामी उत्साहित छौँ ।

संचालक तेजेन्द्र शाहीले दुई हप्तामै दुई हजार जति दर्शक मुभी हरेको बताउनु भयो । हेर्नुभयो । रुलर ठाउँमा यो सुरुवात राम्रो भएको उहाँको भनाई छ ।
संचालक भण्डारीले चलचित्र हेर्ने बानीको विकास हुँदै जाँदा यहाँ ठुलो क्राउड हुनेमा आशाबादी रहेको सुनाउनु भयो । चलचित्र हल बुटवल र काठमाण्डौँको भन्दा कम छैन । पारिवारिक वातावरण छ । सबैजना चलचित्र हेर्न आउनू, उहाँको आग्रह छ ।’

चलचित्र हलको समुद्घाटनमा पनि नगर उपप्रमुख चक्र अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, इन्स्पेक्टर दिनेश गुरुङ, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले यहाँको हलको आवश्यकता ओयसिसले पुरा गरेकोमा संचालकलाई धन्यबाद र बधाई दिनुभएको थियो ।

चलचित्रप्रेमीहरुले पनि हल निकै शानदार रहेको प्रतिक्रिया दिएका छन् । बुटवलबाट चलचित्र हेर्न आएकी दिपीका पौडेलले हलमा कुनै कमी नभएको भन्दै भनिन् ‘सिट, स्क्रिन, साउण्ड, बनावट, क्याफ्टेरिका, लोकेसन सबै प्रफेक्ट लाग्यो । टिकट पनि सस्तै रैछ । म बुटवलबाट आएँ भने कपिलवस्तुबासीको लागि यो निकै ठुलो अवसर हो ।’ हलमा विहान, दिउस र साँझ गरी अहिले ४ शो संचालन भइरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  २ : ५६ बजे