१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

१२ औँ कपिलवस्तु महोत्सवमा आज हेमन्त शर्मा




मायादेवी अनलाइन, चारनम्बर ।

१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको पाचौं दिन आधुनिक गायक हेमन्त शर्माले प्रस्तुति दिनुहुने भएको छ । आधुनिक गायक शर्मासहित लगायत स्थानीय कलाकारको प्रस्तुति रहने उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । यस्तै आजै १० औँ कपिलवस्तु डान्स आइडलका उत्कृष्ट १० जनाले प्रस्तुति राख्ने छन् ।

महोत्सवको चौथो दिन हिजो आईतबार ७ हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार हिजो करिब साढे १२ लाख बराबरको आर्थिक कारोबार भएको थियो ।

यस्तै हिजो १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार रुपशिखा वि।क। प्रतियोगिताबाट बाहिरिएकी छिन् । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८ सोमबार ००:००  १ : ३२ बजे