९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

विद्युतको अधिकतम प्रयोग गरौं : ऊर्जामन्त्री भुसाल



अर्घाखाँची ।

ऊर्जामन्त्री पम्फा भुसालले एलपी ग्यासलाई विस्थापित गर्न र विद्युतको अधिकतम प्रयोग गर्न आग्रह गरेकी छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा निर्माण भएको १३२ केभी प्रशारण लाइन उद्घाटन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण आवश्यकताअनुसार विद्युत पुर्‍याउन तयार रहेको बताइन् ।

मन्त्री भुसालले अर्घाखाँचीमा कुनै पनि व्यक्ति विद्युतको पहुँचबाट टाढा नरहेको पनि दावी गरिन् ।

‘कोही विद्युत पहुँच बाहिर हुनुहुन्छ भने हामीलाई भन्नुस् । चाँडै नै सबलाई विद्युत पहुँचमा पुर्‍याउँछौं’, उनले भनिन् ।

मन्त्री भुसालले अब विद्युतीय गाडी प्रयोग गर्न समेत आग्रह गरिन ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ३ : ४३ बजे