१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

नेपालमा कोरोना : २४ घण्टामा ८ संक्रमित थपिए



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ५५ जनाको नमूना परीक्षण गर्दा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप दुई सय १० जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक हजार सात सय ५८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४७ हजार सात सय एक जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ४ : २२ बजे