१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

संघीय सांसद गुप्तासंगै यी नेता र जनप्रतिनिधि पनि एमाले प्रवेश गरे



मायादेवी अनलाइन, चारनम्बर ।
संघीय सांसद वृजेश कुमार गुप्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नु भएको छ ।

कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनु भएको छ ।

गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ ।

सांसद गुप्ता ७ हजार कार्यकता सहित प्रवेश गर्नु भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको छ ।

विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  ४ : १६ बजे