८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने क्रम सकियो, गठबन्धनबारे निर्णय भोलि



काठमाडौँ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ।

शुक्रबार सुरु भएको बैठकमा प्रचार प्रसारका लागि जिल्ला पुगेका नेताहरुले ब्रिफिङ गरेका थिए। अधिकांश केन्द्रीय सदस्य माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग तालमेल गरेर जानुपर्ने पक्षमा देखिएका छन्।

सोमबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बोल्ने क्रम सकिएकाले मंगलबार ३ बजे बैठक बसेर निर्णय गर्ने जानकारी दिए। उनले भने, ‘आज बैठकमा बोल्ने क्रम सकिएको छ। भोलि ३ बजे फेरि बस्छौँ र चुनावमा के गर्ने भन्नेबारे निर्णय गर्छौ।’

कांग्रेसले चुनावी गठबन्धन गर्ने निश्चित भइसकेको छ। सोमबार सभापति शेरबहादुर देउवाले विगतलाई बिर्सेर चुनावमा गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए।

उनले २०७४ चुनावमा गठबन्धन नगर्दा आफूले बालबाल जितेको र धेरै कांग्रेस नेताले हारेको उल्लेख गर्दैै गठबन्धन आवश्यक रहेको बताए।
नेता शेखर कोइरालाले गठबन्धन आवश्यक नरहेको मत राखे। गठबन्धनको पक्ष र विपक्षमा देउवा र कोइरालाबीच बैठकमा सवाल जवाफ चलेको थियो। महामन्त्री ।गगन थापाले गठबन्धन गर्न नहुने धारणा राखे पनि अर्को महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकतानुसार गठबन्धन गरेर जाँदा नै कांग्रेसलाई फाइदा हुने जिकिर गरे। मंगलबार संसदीय बोर्डसमेत गठन हुनेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  ५ : ३४ बजे