४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

भारतको न्यून चापीय प्रणालीको प्रभाव : चट्याङसहित वर्षाको सम्भावना



काठमाण्डौ ।

हाल देशमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

यता शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १६ चैत्र २०७८ बुधबार ००:००  ७ : ५१ बजे