४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय



काठमाडौँ ।

सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले तीन डिआइजीलाई बढुवाको निर्णग गरेको हो ।

डिआइजी बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीका सल्लाहकारले जानकारी दिएका छन् ।

यस्तै सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । महाप्रबन्धकका लागि फागुन २७ गते आवेदन माग भएको थियो । आवेदन दिएका मध्येबाट ऐरी छनौट भएका हुन् ।

बिहीबारको मन्त्रीपरिषद बैठकले यौन हिंसा र तेजाब आक्रमणविरुद्धका अध्यादेश ल्याउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७८ बिहिबार ००:००  १ : १९ बजे