४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

नेपाल त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा, करण ह्याट्रिक लिने पहिलो नेपाली



काठमाण्डौ ।

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ ।

नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो । यस्तै आजको खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् ।

लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । नेपालले यसअघि पहिलो खेलमा पीएनजीलाई नै र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदो सोमवार हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८ बिहिबार ००:००  ४ : ४३ बजे