२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमालेले धेरै आय भएका पाँच हजार सदस्यबाट महिनाको पाँच हजार उठाउने



काठमाडौं ।
नेकपा एमाले ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीको दीगो आर्थिक स्रोतका लागि यस्तो गर्न लागिएको उल्लेख छ।

‘पार्टीको दीगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान’ प्रस्ताव गर्नुभयो। एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो,’ अपानीमा भनिएको छ,‘आ आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ।’

अपानीमा पार्टीका अधिकांश कार्यक्रमहरू मालारखादा र अस्तव्यस्त आसन ग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक मालारखादा प्रयोगलाई निरुत्साहित गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७८ बिहिबार ००:००  ५ : ५७ बजे