४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयोः अष्टलक्ष्मी शाक्य



काठमाडौं ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।

‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यको भनाइ छ ।

आफुले पार्टी फुटाउने काममा हस्ताक्षर गर्न नसक्ने जवाफ दिएको भन्दै उनले जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेको भन्दै त्यस्तो दुस्साहस कसैले गर्न नहुने बताइन् । ‘यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’, शाक्यको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ४ : ३९ बजे