१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

श्रीलंकाका नयाँ अर्थमन्त्रीले पनि दिए दुई दिनमै राजीनामा



एजेन्सी ।
श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिएका छन्। यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए।

साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए।

आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए। उनले मन्त्रिपरिषदमा केही मन्त्री पनि नियुक्त गरेका थिए।

साब्रीले न्याय मन्त्रीबाट राजीनामा दिँदा पनि आफूले फेरि मन्त्रीको जिम्मेवारी नलिने सोचेको भए पनि अन्तरिम कालका लागि अर्थमन्त्री बनेको बताएका छन्।

धेरै सोच(विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  १ : ४७ बजे