७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

विद्यालय जाँदै गरेकी किशोरी हत्या घटनाः दुई जना पक्राउ



काठमाडौं ।

उदयपुरमा विद्यालय जाँदै गरेकी एक किशोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय किशोर र १७ वर्षीया किशोरी छन्।
बेलका नगरपालिका–३ स्थित कोशी जनता मावि रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवार बाटैमा मृत भेटिएकी थिइन्।
मंगलबार बिहान विद्यालयमा अतिरिक्त कक्षा लिन भनेर जाँदै गरेकी सुनुवारको यसोदा खोलामा शव भेटिएको थियो। शरीरमा चोट समेत लागेकाले हत्याको आशंका गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सो क्रममा दुई जना पक्राउ परेको उदयपुर प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमध्ये १७ वर्षीया किशोरी सुनुवारकै सहपाठी रहेको प्रहरीले जनाएको छ। उनी सुनुवारसँगै अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
केही समय अघिदेखि भएको सामान्य विवादको विषयलाई ुइस्युु बनाएर हाल पक्राउ परेकी किशोरीले काकाको छोराको सहयोगमा हत्या गरेको उदयपुरका एक अधिकृतले बताए।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ३ : ५३ बजे