१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

पाँच दलीय संयन्त्रको बैठकः स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल



काठमाडौं ।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरूमाथि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा आएका प्रतिवेदनहरूमाथि छलफल भएको हो ।

छलफल भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी भएको छ ।

स्थानीय तहबाट आएका प्रतिवेदनमा संयन्त्रको बैठकका सुझावहरू समेत भोलि शीर्ष नेताहरूलाई बुझाएर शीर्ष तहबाट नै निर्णय हुने उनले बताए ।

अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको उनले बताए ।

सरकारमा रहेको पाँच दलहरूले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र बनाएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८ आइतबार ००:००  ८ : २२ बजे