१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको अध्यक्षमा सिता कँडेल



मायादेवी अनलाइन चारनम्बर ।
लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीको वर्ष २०२२ । २३ को लागि नयाँ नेतृत्व चयन भएको छ । आइतबार बाणगंगा नगरपालिकाको होटल माछापुच्छ्रेमा सम्पन्न तेश्रो अधिवेशनले सिता कँडेल (न्यौपाने) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

क्लव अध्यक्ष सविता सापकोटाको अध्यक्षता, यरिया कोचिफ कृष्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा अनिता क्षेत्री, द्धितीय उपाध्यक्षमा रितु खनाल, तृतीय उपाध्यक्षमा सिता भण्डारी (घिमिरे), सचिवमा भगवती रेग्मी भुसाल, सहसचिवमा सरस्वति शोमै, कोषाध्यक्षमा पुजा पौडेल र सह कोषाध्यक्षमा रमा भट्टराई चयन हुनु भएको हो । अध्यक्षमा चयन भएपछि कँडेलले संस्थाको नियम र परिधिभित्र रहेर सामाजिक र मानवीय कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नव निर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि केसी, विशिष्ट आतिथ्य अतिथिद्धय जोन चेयर पर्सन सुरेन्द्र घिमिरे, लायन्स क्लव अफ कपिलवस्तुका वर्तमान अध्यक्ष धातानन्द भुसाल, इलेक्ट प्रेसिडेण्ट राम शुभागे थारु, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौँपानेले बधाई दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण भने ३ महिनापछि गर्नेछन् । अधिवेशनमा अध्यक्ष सविता सापकोटाले क्लवको प्रगति तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत भएको थियो । संस्थापक अध्यक्ष लक्ष्मी गैरे र लायन पुजा पौडेलले संचालन गर्नु भएको कार्यक्रममा थप चार जना दिदीबहिनी क्लवको सदस्य बन्नु भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८ आइतबार ००:००  ८ : २९ बजे