२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

कांग्रेस कपिलवस्तुका क्षेत्रिय सह–सचिव चौधरी माओवादीमा प्रवेश गरे



तौलिहवा ।
स्थानीय तहको निर्वाचनको मुखैमा नेपाली कांग्रेसका क्षेत्रिय सह सचिव राजेश चौधरीले पार्टी परित्याग गरेका छन् । विहीबार एक कार्यक्रमका बीच चौधरीले कांग्रेस परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्रका प्रस्तावित बैकल्पिक केन्द्रिय सदस्य जितबहादुर चौधरी, लुम्बिनी प्रदेश समिति सदस्य विष्णु वेल्बासे, नगर ईन्चार्ज एवम प्रदेश समिति सदस्य करम बहादर यादव, नगर अध्यक्ष शत्रुघन चौधरी लगायतले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सो प्रवेश कार्यक्रममा चौधरीसहित वडा नं. ३ का समाजसेवी कमला प्रसाद चौधरीसहित ३ सय जना विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ११ : ४० बजे