१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा भित्ते पात्रो विमोचन



मायादेवी अनलाइन । जितपुर

कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले एक समारोहबीच नयाँ वर्ष २०७९ को भित्ते पात्रो एक समारोहबीच विमोचन गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी तथा पूर्व मन्त्री दीप कुमार उपाध्यायले संयुक्त रुपमा नयाँ वर्षको क्यालेण्डर विमोचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी दिप कुमार उपाध्यायले मुलुक यतिवेला आर्थिक संकटमा गुज्रिरहेका बेला सवैले आआफनो ठाउँबाट इमान्दारिपूर्वक जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले चुनाव नजिकिदै गर्दा गठबन्धनका कारण असहज परिस्थिती आउन सक्ने भन्दै सवै दलहरुलाई सकारात्मक सोचको विकास गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तु उद्योग वाणिज्य संघले नियमित रुपमा प्रकाशन गर्दै आइरहेको भित्ते पात्रो विमोचन कार्यक्रममा उद्योग व्यवसायी लगाएत सवै क्षेत्रलाई योजनाबद्ध तरिकाले समयको गति अनुसार काम गर्ने योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । सांसद पन्थीले ठुला उद्योगी व्यवसायी देखि ससाना व्यवसायीलाई अनावश्यक दुख दिने र झन्झटिलो सरकारी नीति र व्यवहारले देशले गति लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, निवर्तमान उपाध्यक्ष हुमनाथ पौडेल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, संघका महिला उपाध्यक्ष इन्दिरा तिमिल्सिना लगाएतले संस्थाको हक हितमा सवै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । विमोचन कार्यक्रम संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता तथा महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा क्यालेण्डर प्रकाशन संयोजक शालिकराम भुसालले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ५ : २८ बजे